• १३ असोज २०८१, आइतबार

चट्याङ लागेर एक जना घाइते

blog

बोमलाल गिरी

नवलपुर, असार १२ गते । चट्याङ लागेर नवलपुरको कावासोतीमा धान रोप्दै गरेकी महिला गम्भीर घाइते हुनुभएको छ । आज दिउँसो साढे १२ बजेको समयमा कावासोती १४ अग्यौलीस्थित बुद्धिराम महतको खेतमा धान रोप्ने क्रममा दिल कुमारी थरुनीलाई चट्याङ् लागेको नवलपुर प्रहरीले जनाएको छ । 

धान रोप्दै गरेकी ४६ वर्षीया थरुनीलाई चट्याङ लागेर घाइते भई अचेत रहेको अवस्थामा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।