• ६ असार २०८१, बिहिबार

स्ववियु परिषद् सभापतिमा बुढाथोकी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् सभापति पदमा कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी चयन हुनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को भाग ३ को धारा ६ ले व्यवस्था गरेबमोजिम रिक्त रहेको स्ववियु परिषदको सभापतिमा बुढाथोकीलाई मनोनयन गरेका हुन् । 

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष शेर्पाले तीन महिनाभित्र स्ववियु परिषदको अधिवेशन सम्पन्न गरिसक्न पनि बुढाथोकीलाई जिम्मेवारी सुम्पिनुभएको छ ।

बुढाथोकी नेपाल विद्यार्थी सङ्घका जुझारु र सङ्गठन बनाउन सक्ने विद्यार्थी नेताका रुपमा चिनिनुहुन्छ । चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरिका उत्कृष्ट सामुदायिक कलेजमध्ये परिचित कोटेश्वर क्याम्पसका स्ववियु सभापति बुढाथोकीको मनोनयनले जुझारु विद्यार्थीले मनोनयनलाई ‘ राइट म्यान इन राइट प्लेस’ को संज्ञा दिनुभयो ।