• १२ चैत २०८२, बिहिबार

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछु : प्रधानमन्त्री कार्की

blog

प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौँ,  चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताउनुभएको छ ।

प्रतिनिधिसभाका नयाँ सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिइ नयाँ सरकार गठनको तयारी भएका बेला प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै गत भदौ २७ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा आफ्नो मनमा रहेको डर र अनिश्चय अहिले सन्तुष्टिमा परिणत भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “देश सङ्कटमा रहेका बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ । परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ । अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु ।”