बोमलाल गिरी
नवलपुर, चैत १२ गते । नवलपुरका सक्रिय पत्रकार अमितकुमार विश्वकरमाको निधन भएको छ । उहाँको ४० वर्षको उमेरमा बुधबार दिउँसो भरतपुर अस्पतल चितवनमा निधन भएको परिवारले जनाएको छ ।
उहाँ लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुनथ्यो । विश्वकर्माले मध्यविन्दु प्रादेशिक अस्पतालमा नियमित डायलासिस गराइरहनु भएको थियो ।
नेपाल पत्रकार महासंघ, नवलपुरका कार्यसमिति सदस्य विश्वकर्मा रेडियो सहिदनगर डण्डामा कार्यरत हुनुहुन्थ्यो । उहाँले केही दिनअघि मात्र आफुले मिर्गौला प्रत्यारोपणको तयारी गरिहेको बताउन भएको थियो ।
उहाँका एक छोरा र श्रीमती हुनुहुन्छ । उहाँको आज बिहीबार पिठौली घाटमा अन्त्येष्टि गर्ने परिवारले जनाएको छ । यसैबिच नेपाल पत्रकार महासंघ, नवलपुर शाखाले उहाँको निधनले जिललाले एउटा सक्षम र इमान्दार पत्रकार गुमाएको भन्दै गहिरो शोक व्यक्त गरेको छ ।