• १२ चैत २०८२, बिहिबार

पशु चिकित्सकलाई रोग पहिचानका लागि तालिम

blog

परिक्षण गर्दै नमुना । तस्बिर : कोकिला भण्डारी

धनकुटा समाचारदाता

धनकुटा, चैत १२ गते । धनकुटा र तेह्रथुमका पशु चिकित्सकलाई लक्षित गर्दै पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका नमुना सङ्कलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम दिइएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभाग र खाद्य तथा कृषि संगठनको आयोजनामा भएको पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका नमुना सङ्कलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम दिइएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाको संयोजनमा भएको दुई दिने सो तालिममा धनकुटा र तेह्रथुमका १५ जना पशु चिकित्सकहरुको सहभागीता रहेको थियो ।

पशुहरुमा लाग्ने रोगको पहिचानका लागि पशुमा रोग लाग्नु अघि अपनाउनुपर्ने सतर्कता, रोगको पहिचान, स्वाव संकलन, परिक्षण, प्याकिङ, ढुवानी लगायतका विषयमा खाद्य तथा कृषि संगठनका डा । शर्मिला चापागाईं र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा । सुलेस्वर मण्डल ले प्रशिक्षण दिनुभएको थियो ।

दुई दिनसम्म सञचालन भएको सो तालिममा धनकुटाको सात वटा र तेह्रथुमका ६ वटा पालिका र दुबै जिल्लाका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका पशु विज्ञको सहभागीता रहेको थियो ।

सो तालिममा सहभागीहरुलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश सचिव डा । पशुपति ढुंगाना, खाद्य तथा कृषि संगठनका डा । शर्मिला चापागाईं र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा । सुलेस्वर मण्डल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख हिमा गौतम लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

सो कार्यक्रमपछि उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले धनकुटा र तेह्रथुमका सबै स्थानीय तहहरुलाई पशुहरुमा लाग्ने रोग पहिचानका लागि चाहिने आवश्यक उपकरणहरु हस्तान्तरण गरेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा आज आयोजित कार्यक्रममा धनकुटा र तेह्रथुमका १३ वटा स्थानीय निकायका पशु शाखाका प्रमुख तथा प्रतिनिधि, धनकुटा र तेह्रथुमका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा प्रतिनिधिलाई पशुहरुमा लाग्ने रोग पहिचानका लागि चाहिने आवश्यक उपकरणहरु हस्तान्तरण गरेको हो ।

पशुहरुमा लाग्ने रोग पहिचानका लागि चाहिने आवश्यक उपकरणहरु हस्तान्तरण गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा । पशुपति ढुंगानाले स्थानीय तहबाटै पशुहरुमा लाग्ने रोगको पहिचान गर्न सहज होस् भनेर रोग परिक्षण, स्वाव संकलन, कटि, पिपिए लगायतका उपलब्ध गराइएको जानकारी दिनुभयो ।