काठमाडौँ, चैत १२ गते । गायक विजय लामा अमेरिकाको न्युयोर्कमा सम्मानित हुनुभएको छ । न्युयोर्कका एसेम्बली मेम्बर स्टेभेन रागाले उहाँलाई सम्मान गरेका हुन् ।
भोटेकोसी समाज अमेरिकाको आयोजनामा सम्पन्न ‘ल्होसार साँझ २०२६’ कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरू ‘नखानु पानी तोङ्वाको’, ‘भोलि फर्की आउँछु आउँदिन’, ‘खासा बजार’ लगायतका प्रस्तुति दिएका दिनुभएको थियो । सयौँको सङ्ख्यामा उपस्थित दर्शकहरू लामाका गीतमा झुमेका थिए ।
सो अवसरमा भोटेकोसी समाज अमेरिकाका अध्यक्ष अकबर स्याङ्तानले भव्य रूपमा कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि आफ्नो कला, संस्कृति र परम्परा जोगाउन यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। परदेशी भूमिमा लामो समयदेखि परिवारसहित बस्दै आएका स्याङ्तानले कार्यक्रममा उपस्थित दर्शक, देश–विदेशमा रहेका शुभचिन्तक एवं कार्यक्रम सम्पन्न गर्न मद्दत गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।