शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत १३ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा शुरु भएको छ ।
उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
शुक्रबार अपराह्न १२ः३४ बजे राष्ट्रपति भवन शीतल निवासमा नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्रीको शपथग्रहण गराउने जानकारी यसअघि नै सार्वजनिक भएको छ ।
समारोहमा उपराष्ट्रपति रामशहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशील कार्कीसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ ।