शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा निशा मेहता नियुक्त हुनुभएको छ ।
नवनियुक्त मन्त्री मेहताले आजै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
पेसाले नर्स रहनुभएकी मेहता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।
२०४४ साउन २२ गते इनरुवामा जन्मिनुभएकी मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि उहाँले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिनुभएको थियो ।
संसदीय यात्रामा लागेपछि उहाँले उक्त अस्पतालबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहले आज उहाँसहित १५ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।