• १८ वैशाख २०८३, शुक्रबार

छ लाखभन्दा बढी राजस्व सङ्कलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १८ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो चार दिनमा छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

गत सोमबारदेखि बिहीबारसम्म छ लाख ११ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी र राष्ट्रिय परिचयपत्रबाट राजस्व सङ्कलन गरिएको हो। जसमा राहदानीबाट छ लाख रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट ११ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको छ।

पछिल्लो पछिल्लो चार दिनमा संस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण तथा नामसारी भएको छैन। यस समयावधिमा जिल्ला प्रशासन कार्यालयबाट ३२० जनाले नयाँ नागरिकता लिनुभएको उहाँले जानकारी दिनुभयो।

१४२ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। गैर आवासीय नागरिकता एक जनाले लिनुभएको छ। त्यसैगरी यस अवधिमा नागरिकता त्याग कसैले पनि गर्नुभएको छैन।

नाबालक परिचयपत्र २३ जनाको बनाइएको छ। राहदानी आवेदन सङ्कलन १२१ र राहदानी वितरण १५५ जनाको गरिएको छ।

राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३८० जना, राष्ट्रिय परिचयपत्र वितरण २४५ जना, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३० जनाको गरिएको छ।

यस अवधिमा एक संस्था नवीकरण गरिएको छ। प्रशासनले प्रत्येक हप्तामा सम्पादन गरेका कार्यको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले विगतदेखि यसरी नै सार्वजनिक गर्दै आएको छ।