• १८ वैशाख २०८३, शुक्रबार

फेवातालमा डुबेका बालकको मृत्यु

blog

लेखनाथ समाचारदाता

लेखनाथ, वैशाख १८ गते । कास्कीको पोखरा महानगरपालिका-१८, खपौदी स्थित फेवातालमा पौडी खेल्ने डुबेका बालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान सवा १० बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता १० वर्षीय आरेश लामालाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरी उपचारका लागि पठाए पनि सवा १२ बजे लामालाई चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

फेवातालका विभिन्न घाटमा पौडी खेल्ने क्रममा बेला बेलामा मानिसको डुबेर ज्यान जाने गरेको छ ।