• १३ चैत २०८२, शुक्रबार

शिक्षामन्त्री पोखरेल बन्नुभयो सरकारको प्रवक्ता

blog

नेपाल सरकारको प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ।

काठमाडौँ, चैत १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बन्नुभएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो । 

शुक्रबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गनुहुँदै पोखरेलले भन्नुभयो, ‘नेपाल सरकारको प्रवक्तामा माननीय शिक्ष, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।’ 

त्यसैगरी, बैठकले सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्दै शनिबार सार्वजनिक गर्ने निर्णय गरेको छ । 

सँगै सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

सरकारले छानबिन प्रतिवेदन कार्यान्वयन गर्न दुई आधार बनाएको छ । बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता पोखरेलले भन्नुभयो, ‘आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिसबमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वष्यन गर्ने निर्णय गरेको छ ।’