टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), चैत १३ गते । किरण पुस्तकालय, तम्घास गुल्मीले हरेक वर्ष प्रदान गर्दै आएको ‘जानकी साहित्य पुरस्कार’ २०८३ यस वर्ष कवि तथा निबन्धकार काशीनाथ मिश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ।
जानकी साहित्य पुरस्कार छनोट समितिको निर्णय अनुसार मिश्रितलाई नेपाली कविता तथा हास्यव्यङग्य निबन्ध क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको किरण पुस्तकालयका कार्यबाहक अध्यक्ष दीन पन्थीले जानकारी दिनुभयो। कवि मिश्रितको रुरुक्षेत्र गाउँपालिका–५, बम्घा घर हो।
उक्त पुरस्कार साहित्यमा रुचि राख्ने स्व। जानकी ज्ञवाली गौतमको स्मृतिमा २०७३ सालमा स्थापना गरिएको हो। गुल्मी जिल्लालाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष मोतीजयन्तीको अवसरमा यो पुरस्कार प्रदान गरिँदै आएको छ।
यसअघि सो पुरस्कार २०७५ मा सूर्यबहादुर सेन वली, २०७६ मा भागीरथी श्रेष्ठ, २०७७ मा रामप्रसाद पन्त, २०७८ मा नारद गौतम, २०७९ मा रुद्र ज्ञवाली, २०८० मा हरिप्रसाद भण्डारी, २०८१ मा ठाकुरप्रसाद भण्डारी र २०८२ मा डाक्टर टंक पन्थले प्राप्त गरिसकेका छन्।