• १३ चैत २०८२, शुक्रबार

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको खुशियालीमा विशेष कार्यक्रम

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), चैत १३ गते । देशको ४३ औं प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भइ पदभार ग्रहण गर्नुभएको खुशियाली तथा मधेशका प्रणेता स्व. गजेन्द्रनारायण सिहंको जन्मजयन्तीको अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा विशेष कार्यक्रम गरिएको छ ।

रामनवमी दिनको शुभ साईतमा बालेन प्रधानमन्त्री बन्नुभएको र मधेसी अधिकारका लागि नेतृत्व गर्नुभएका स्व. सिंहको जन्मजयन्तीसमेत परेकाले राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटिले विशेष कार्यक्रमको आयोजना गरेको हो ।

तिलाठी कोइलाडी गाउँपालिका वडा १ का रास्वपा अध्यक्ष ज्योतिष कुमार झाले बालेन देशको प्रधानमन्त्री भई पदभार सम्हालेको स्व.सिंहको जन्मजयन्ती समेत परेकाले खुशियाली स्वरुप गाउँमा कन्या पुजन, कन्याभोज र ब्राह्मण भोजनको आयोजनाको गरिएको बताउनुभयो ।

यस्तै सोही वडाका रास्वपा नेता सुरजित सिंह गुड्ड्ले खुशियालीमा शुक्रबार दिपावली मनाउने तयारी समेत गरिएको जानकारी दिनुभयो ।