• ६ असार २०८१, बिहिबार

अस्ट्रेलियामा निमालाई स्वर्ण

blog

पदक जितेपछि तस्बिर खिचाउँदै खेलाडी ।

काठमाडौँ, वैशाख ३१ गते । नेपालकी तेक्वान्दो खेलाडी निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । 

अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो । 

निमाले भारतमा भएको १२औँ र नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत जित्नुभएको थियो । उहाँले सन् २०१६ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ओलम्पिक छनोटमा कांस्य जित्नुभएको थियो । 

प्रतियोगितामा भुपेन श्रेष्ठले पुरुष ८७ केजीमुनि तौलमा रजत पदक जित्नुभयो । १३औँ सागका स्वर्णधारी भुपेन फाइनलमा अस्ट्रेलियाका आइडेन स्टिलीसँग पराजित हुनुभएको थियो ।