• ६ असार २०८१, बिहिबार

सुनको मूल्य निरन्तर उकालोतिर

blog

काठमाडौँ,  जेठ १७ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु. दुई हजार तीन सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनकाे भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ । बुधबार रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस