शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, चैत २३ गते । प्रदेश सरकारले नियुक्त गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले पद् तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा उहाँले शपथ ग्रहण गर्नुभएको हो । प्रदेश प्रमुख नजिर मियाँलाई मन्त्री भट्टलाई पद् तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
लामो समयदेखि मन्त्रीबिहीन यो मन्त्रालयमा भट्टलाई पठाउने निर्णय भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले आजै उहाँलाई मन्त्री नियुक्त गर्नुभएको थियो । नेपाली कांग्रेसको संसदीय दलको बैठकले भट्टलाई मन्त्री बनाउने निर्णयसहित सरकारलाई सिफारिस गरेको थियो ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शाह, सभामुख भीमबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।