जानु पाण्डे
कपिलवस्तु, जेठ ५ गते । श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए । केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्याङ्कीमा शव फालेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गर्भेलाई पक्राउ परेका विकलाई कपिलवस्तुमा ल्याइएको छ । उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन् ।
केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो । हत्यापछि छोराछोरी लिएर गर्भे फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले बताउनुभयो ।