• १२ मंसिर २०८१, बुधबार

इवामुरा अस्पतालमा एक सय माेतियाविन्दुकाे शल्यक्रिया सम्पन्न

blog

भक्तपुर, वैशाख २१ गते । चिनियाँ विशेषज्ञ समूहले नेपालमा छै‌ंठाै‌‌‌ पटक नि:शुल्क रूपमा माेतियाविन्दुकाे शल्यक्रिया गरेका छन् । अरनिको समाजको अगुवाइमा भक्तपुरको सल्लाघारीस्थित डा‍. इवामुरा मेमोरियल अस्पतालमा करिब एक सय जना बिरामीले माेतियाविन्दुकाे शल्यक्रिया गरेका हुन् ।

अस्पतालका मेडिकल कोअर्डिनेटर डा. जितेन्द्रप्रसाद सिंहले चीनको सन्चन् छाओछीग होइसँंग सहकार्य गरी अरनिको समाजले अस्पतालमा मोतिविन्दुका बिरामीहरूको निःशुल्क आँखा शिविर गरेको जानकारी दिनुभयो ।

चिनियाँ विशेषज्ञ समूहले केही वर्षदेखि नेपालमा निरन्तर रूपमा नेपालमा करिब छ सय बिरामीले माेतियाविन्दुकाे शल्यक्रिया गरिसकेको समाजका उपाध्यक्ष डा. सुशील प्रजापतिले जानकारी दिनुभयो ।


यसअघि बुधबार एक विशेष कार्यक्रमकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले जनस्तरका स्वास्थ्य सेवा आदानप्रदानले दुई मुलुकबीचको सम्बन्ध सुमधुर हुन्छ, भन्नुभयो । त्यस अवसरमा उपराष्ट्रपति यादवले चीनले नेपाललाई गर्दै आएको सहयोग अतुलनीय रहेको बत्ताउनुभयो।

यस्तै, नेपालका निम्ति चिनिया राजदूत छाङ सङले नेपालीको स्वास्थ्यस्थिति राम्रो बनाउन विभिन्न अस्पतालमा लगानी गरेको स्मरण गर्नुभयो ।

उहाँले यस्ता कार्यक्रमहरूले दुई देशबीचको जनसम्बन्ध राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । अरनिको समाजका अध्यक्ष वालकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।