• १४ मंसिर २०८१, शुक्रबार

सूचनाको हक लोकतन्त्रको प्राण हो: सभामुख घिमिरे

blog

राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम । तस्बिर – कविता थापा

काठमाडौँ, वैशाख २२ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक लोकतन्त्रको प्राण भएको बताउनुभएको छ ।यहाँस्थित राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सो धारणा राख्नुहुँदै सूचना विना मुलुककाे विकास सम्भव नभएकाे बताउनुभयाे ।

उहाँले विभिन्न देशहरुमा सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयन भइरहेको बताउनुहुँदै नेपालमा सो कुराको जानकारी जनस्तरसम्म पु¥याउन सबै पक्ष लाग्न जरुरी भएको बताउनुभयो ।

भर्खरै मात्र राष्ट्रिय सूचना आयोज स्थापना भएपछि सूचनाको हकसम्बन्धी कार्यक्रमहरु भइरहेको बताउनुहुँदै भन्नुभयो, ‘‘डिमान्ड ९उपभोक्ता० पक्ष नै कमजोर छ, जनतालाई नै सूचनाको हकसम्बन्धी थाहा छैन ।’

सैद्धान्तिक रुपमा सूचनाको हकसम्बन्धी कानुन राम्रो भए पनि कार्यान्वयन भएन भने त्यसको कुनै अर्थ नराख्ने भन्नुहुँदै उहाँले भन्नुभयो, ‘‘ कार्यान्वयन गर्न ऐन वा कानुनको अभाव भए त्यसलाई चाँडै बनाउनुपर्छ ।’’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एकीकृत वेभसाइट लागू गरिएको बताउनुहुँदै एकीकृत अनलाइनमार्फत सूचना प्रवाह गर्ने तयारी भइरहेको बताउनुभयो ।उहाँले सार्वजनिक सूचनाको अद्यावधि र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सूचनादाताको सुरक्षाको सवालमा पनि सरकार संवेदनशील रहेकाे उल्लेख गर्दै उहाँले जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीहरूलाई झन्झट दिन नभएर सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउनु भएको र जनताले चाहेको सूचना सहज रुपमा प्राप्त नगरेमा सम्बिन्धत अधिकारीहरू दण्डित हुने कानुनी व्यवस्था समेत भएकाले आफूले चाहेका सार्वजनिक महत्त्वका सूचना ढुक्क भएर माग्न पनि उहाँले सबैमा अपिल गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन भइरहेका १३६ वटा मुलुक मध्ये नेपाल २२ औँ स्थानमा रहेको बताउनुभयो । उहाँले कसैले फेसबुक वा टिवटरमा लेख्दैमा आत्तिहाल्नु पर्ने स्थिति नरहेको बताउनुहुँदै आधिकारिक निकायबाट सार्वजनिक गर्न सम्बद्ध पक्षसँग आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, राष्ट्रिय सूचना आयोगका सचिव दिवश आचार्यलगायतले सूचनाको हक लोकतन्त्रको उपहार भएको बताउनुभयो ।

 कार्यक्रममा आयोगको वार्षिक प्रतिवेदन सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विमोचन गर्नुभयो । – उपेश महर्जन