गत वर्ष किताब नपाएर नै परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीहरुले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित छन् ।
फरक क्षमताका व्यक्तिहरूले संविधानमा उल्लेखित हकअधिकार र सरकारले नै जारी गरेको निर्देशिकाअनुसारका सेवा सुविधा नपाएको गुनासो गरिएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका –१ माथिल्लो गुणादीस्थित मिलीजुली दिदीबहिनी समूहले चौतारी संरक्षण गर्न कम्मर कसेर लागेका छन् । अभियानका क्रममा समूहले चन्दा सङ्कलन गरी एक चौतारी निर्माण गरेका छन् ।
दोलखाको कालिञ्चोक गाउँपालिकाका कृषकले उत्पादन गरेका वस्तुहरूको बजारीकरण सुरु गरिएको छ ।
बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले भानुचोकमा भानुभक्तको सालिक निर्माणका लागि शिलान्यास गर्नुभएको छ ।
रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैर सैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
यो वर्ष महोत्तरीको जङ्गलबाट लक्ष्य अनुसारको मह उत्पादन हुन नसक्दा आगन्तुक माहुरी कृषक निराश भएर फर्केका छन् ।
जिल्लाको पश्चिम भेगस्थित रैनादेवी छहरा रैनादेवी छहरा–४, साउरीखर्चमा आगलागीबाट दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । बुधबार राति स्थानीय बुद्धिकुमारी विकको घरमा आगलागी हुँदा जलेर दुई वटा घर पूर्ण रूपमा नष्ट भएको हो ।
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।
पाल्पामा एक जना पुरुषको भीरबाट लडेर ज्यान गएको छ । जिल्लाको बगनासकाली–७, छहरेखोला बस्ने ४० वर्षका केशवबहादुर बुढाथोकीको भीरबाट लडेर मृत्यु भएको हो ।
चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ ।
सरकारले ३३ निर्माण व्यवसायीहरूको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरूले नवीकरण नगरेकाले उनीहरूको इजाजतपत्र खारेज गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।