पाल्पामा एक जना पुरुषको भीरबाट लडेर ज्यान गएको छ । जिल्लाको बगनासकाली–७, छहरेखोला बस्ने ४० वर्षका केशवबहादुर बुढाथोकीको भीरबाट लडेर मृत्यु भएको हो ।
चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ ।
सरकारले ३३ निर्माण व्यवसायीहरूको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरूले नवीकरण नगरेकाले उनीहरूको इजाजतपत्र खारेज गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा वर्षौँदेखि कुवाको पानी खान बाध्य त्यहाँ अहिले वृहत् हुप्सेकोट सहरी खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।
पाँचथरको याङवरक ६ टाहारीकी ४३ वर्षीय इन्द्रकुमारी बेघाको शव बङ्गुरको खोरमा भेटिएको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई साँच्चिकै जुम्ला स्याउबाटै समृद्धिको जिल्लाका रूपमा विकसित गरिनु पर्ने बताउनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा ८५ लाख रुपियाँको लागत झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा २२ उम्मेदवार मध्ये १९ जनाको जमानत जफत भएको छ ।
धनुषाको मिथिला नगरपालिकाले परम्परागत अन्न बाली कोदो खेती प्रवर्द्धनका लागि किसानलाई शतप्रतिशत अनुदानमा कोदोको बिउँ वितरण गर्न थालेको छ ।
धौलागिरि हिमालको आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्किने क्रममा बेपत्ता हुनुभएका अमृत राईको शव फेला परेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट करिब एक वर्षपछि बाँकेका एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएपछि नियन्त्रण अभियानलाई तीव्र पार्न सुरु गरिएको छ ।
चितवनको उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले चितवन –२ बाट पचास हजार भन्दा धेरै मत ल्याउनुभएको छ ।
निर्माणाधीन पाल्पाको तानसेन डबलीमा झार उम्रिएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा तानसेन डबली निर्माणाधीन अवस्थामा नै झार उम्रिएको छ ।