• १७ असार २०८१, सोमबार

सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुँदै

blog

भक्तपुरको सल्लाघारीमा भइरहेकाे महाेत्सव ।

गोरखापत्र समाचारदाता

भक्तपुर, चैत २८ गते । नयाँ वर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ । 

भक्तपुरको अरनिको राजमार्गसँगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा जारी महोत्सवमा दुई सय भन्दा बढी स्टल छन् । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार सम्पूर्ण स्टलहरूले मंगलबारसम्म करिब दुई करोड रुपियाँ कारोबार गर्नेछन् । 

स्टलहरूमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, सवारी साधनलगायतका स्टलहरू छन् ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरूको साङ्गीतिक र हास्यव्यङ्गयसहितका मनोरञ्जनात्मक प्रस्तुति रहेको छ । यो महोत्सव २०८० साल वैशाख ३ गतेसम्म आयोजना हुने संयोजक दीपक थापाले जानकारी दिनुभयो।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा यो महोत्सव भइरहेको छ ।