• १५ वैशाख २०८१, शनिबार

चैत ३० गतेदेखि छैटौँ अन्तरविद्यालय एकायन कराँते हुने

blog

एकायन कराँते प्रतियाेगिताकाे एक दृश्य ।

काठमाडौं, चैत २९ गते । नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ ।

काठमाडौं महानगरपालिका १९ वडा, मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको हाताभित्र चैत्र ३० गते प्रतियोगिता सञ्चालन हुने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विभिन्न विद्यालयका महिला र पुरुष गरी १२० जना खेलाडी प्रतियोगितामामा सहभागी हुनेछन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न प्रतीक खड्गीको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।