• २८ पुस २०८१, आइतबार

काठमाडाैं उपत्यकासहित देशभर वर्षा

blog

उपत्यकामा पानी पर्दै । फाइल तस्विर

काठमाडौं, वैशाख ११ गते । काठमाडाैं उपत्यकामा सोमबार पानी परिरहेको छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ । रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का/ क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।