• १३ मंसिर २०८१, बिहिबार

दलित उत्थान केन्द्रलाई सहयोग

blog

दलित उत्थान केन्द्रलाई सहयोग हस्तान्तरण हुँदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, बैशाख १० गते । दलित उत्थान केन्द्र, अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज, कतार अर्जुनचौपारि इकाईले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाँच महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको हो । 

केन्द्रले नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दलित उत्थान केन्द्रले धेरै राम्रो काम गर्दै आएको र कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । केन्द्रको काममा गाउँपालिकाले हातेमालो गर्दै सहयोगमा कुनै कमी हुन नदिने बताउनुभयो । 

मङ्सिर महिनामा जिल्ला प्रशासनमा दर्ता भएको समन्वय केन्द्रले सबैसँग हातेमालो गर्दै न्यून आर्थिक अवस्था नागरिकको घर बनाउने, न्यानो कपडा वितरण गर्नेलगायतका सहयोग गर्दै आएको छ ।