काठमाडौं, वैशाख १७ गते । क्षत्रपाटी निःशुल्क चिकित्सालयमा डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन हुनुभएको छ । उहाँ दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा कुमारदेव मानन्धर, महासचिवमा कृष्टिना श्रेष्ठ, सचिवमा जगदीश माली, कोषाध्यक्षमा लहना श्रेष्ठ, सह–कोषाध्यक्षमा कृष्णप्रसाद मानन्धर र सदस्यहरूमा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएलचन्द्र मानन्धर निर्वाचित हुनुभयो ।
काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रमाणपत्र ग्रहण गरेपछि डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गर्नुभयो ।
वि.सं. २०१३ सालमा स्थापना भएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा पहिलो पटक निर्विरोध कार्यसमिति चयन भएको बताइएको छ ।