• २३ असार २०८२, सोमबार

आगलागी नियन्त्रणमा मृत्यु भएको परिवारलाई सहयोग

blog

आगो नियन्त्रण गर्ने क्रममा मृत्युभएका इन्द्र थापाको छोरी जस्मिन थापालाई सहयोग हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष खिमबहादुर थापा ।

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख १७ गते । कालिगण्डकी गाउँपालिकाले आगलागी नियन्त्रणका सिलसिलामा घाइते भई मृत्यु भएको परिवारलाई आर्थिक सहयोग गरेको छ । 

यहाँको वडा नं. २ मा आगलागी नियन्त्रणमा वडा नं. ३ का इन्द्र थापाको जलेर वैशाख ६ गते उपचारको क्रममा बर्न अस्पताल, कीर्तिपुरमा मृत्यु भएको थियो । 

गाउँपालिकाले आगोले जलेर मृत्यु भएका थापाको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको हो । 

चैत २९ गते वडा नं. २ को जङ्गलमा लागेको आगो बस्तीमा पुग्न थालेपछि नियन्त्रण गर्ने क्रममा थापा घाइते हुनु भएको थियो । 

मृतक थापाको छोरी जस्मिन थापालाई गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले सहयोग हस्तान्तरण गर्नुभयो । 

परिवारका मुख्य मान्छेको गाउँ बचाउन खोज्दा निधन भएको र आर्थिक अवस्था पनि कमजोर भएकाले सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो ।