कमल शर्मा
दैलेख, वैशाख २४ गते । पौडी खेल्ने क्रममा लोहोर खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) किशोर लम्साललले नारायण नगरपालिका –७ बिजौरास्थित मामाघरबाट घर जाने क्रममा शनिबार दिउँसो लोहोरे खोलामा पौडी खेल्न लागेको बेला डुबेर मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीको कमाण्डमा थप अनुसन्धान गर्न टोली गठन गरिएको जानकारी दिनुभयो ।