लक्ष्मण पौडेल
भैरहवा, वैशाख २७ गते । भन्सार छलेर नेपाल ल्याइएको ४२ बोरा चिनी रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मायादेवी गाउँपालिका –६ स्थित बेथरीबाट प्रहरीले चिनी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चिनी बरामद गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी दीपक कुँवरले जानकारी दिनुभयो ।
भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी अवैध रूपमा ल्याई लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो । बरामद चिनीको मूल्य अन्दाजी एक लाख ५७ हजार पाँच सय रुपियाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको चिनी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।