• १४ मंसिर २०८१, शुक्रबार

जनताको सम्मान हुने राष्ट्रियता स्थापित हुनुपर्छ : डा. बाबुराम भट्टराई

blog

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सम्बाेधन गर्नुहुँदै ।

काठमाडौं, जेठ १ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताको सम्मान हुने राष्ट्रियता स्थापित हुनुपर्छ, भन्नुभएको छ । 

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले भौगोलिक राष्ट्रियता हामीसँग भए पनि आर्थिक, नैतिक र जनताको सम्मान हुने राष्ट्रियता अझै स्थापित गर्न नसकिएको बताउनुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।

डा. भट्टराईले भन्नुभयो, “राजासहितको संसदीय व्यवस्थालाई परिवर्तन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा हामी छाै । युवा, विद्यार्थीले घोत्लेर सोच्नपर्छ, समाजवादी, कम्युनिष्ट विचार बोक्ने शक्तिहरू एक ठाउँमा आएर”, इतिहास गतिवान् भएकाले वामपन्थी र भौतिकवादी द्वन्द्ववादी शक्तिले ठीक र बेठीक छुट्याएर निरन्तर सङ्घर्ष गर्नुपर्छ ।”

उहाँले भन्नुभयो, “आफूहरूलाई सङ्गठित गरेर लड्ने हिम्मत गर्नुपर्छ । अगुवा शशि पनि १०, १५ प्रतिशत छ, प्रतिगामी पनि १०, १५ प्रतिशत छ । अस्पष्ट विचार राख्ने मान्छे समाजमा धेरै हुन्छन् । अस्पष्ट तप्कालाई जागरूक गर्न सकेनौँ भने प्रतिगामी शक्तिले चिल्ला नारा लगाएर जनतामा भ्रम छरेर अग्रगामी वामपन्थी शक्ति कमजोर बनाउन सक्छ ।”