शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २ गते । चार करोड ५० लाख रुपियाँ ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीय टिका पंगेनी पक्राउ परेका छन् ।
उनीहरु ठगी सम्बन्धी कसुर मुद्दामा मिति २०८२ चैत ५ गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइ हालसम्म फरार रहेका थिए । खोजतलास गर्ने क्रममा मिति २०८३ वैशाख २ गते दिउँसो १ बजे काठमाडौँ टोखा नगरपालिका वडा नं. ७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थायी घर स्याङ्जा भएका उनीहरु हाल काठमाडौँ टोखा नगरपालिका वडा नं. ७ बस्दै आएका थिए । उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला कार्यालय पोखरा, कास्की उपस्थित गराइएको प्रहरीले जनाएको छ ।