लीला झापाली
बिर्तामोड, जेठ १ गते । झापा शिवसताक्षी नगरपालिका १० स्थित सिँचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ ।
सोमबार दिउँसो २ बजेको समयमा गाईबस्तु हेर्न गएकी स्थानीय २८ वर्षीया कमला राईको नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
गाईबस्तु हेर्न जाने क्रममा अचानक नहरमा पसेकी राईलाई नहरको चौकीदारले देखेर प्रहरीलाई खबर गरेका थिए । शवलाई नहरबाट निकालेर हाल पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।