• १२ साउन २०८१, शनिबार

पाटन सङ्ग्रहालयमा थारु संस्कृति झल्काउने प्रदर्शनी

blog

पाटन सङ्ग्रहालयमा प्रदर्शित चित्रकला । तस्बिर : सागर बस्नेत

ललितपुर, चैत ६ गते । डउले डउले (नमस्ते, तपाइलाई कस्ताे छ ?) । यो चितवनमा बोलिने थारु भाषाको अर्थ हो । थारु समुदायमा अभिवादन गर्ने फरक फरक चलन रहेको छ । पूवीर्य थारु भाषामा गोर लागैचिया र पश्चिममा राम राम वा जय गुरुबाबा भनेर एकअर्का बिच कुराकानीको सुरुवात गर्दछन् ।

हाल ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको पाटन सङ्ग्रहालयमा थारु संस्कृति तथा इतिहास झल्काउने तस्बिर तथा बस्तुहरुको प्रदर्शनी गरिएको छ । यस प्रदर्शनीमा थारु समुदायको समृद्ध इतिहास, जीवन्त संस्कृति, अन्तरपुस्ताको ज्ञान र सिपलाई प्रदर्शनमा प्रस्तुत गरिएको छ । उक्त प्रदर्शनी थारु कलचरल म्युजियम एण्ड रिसर्च सेन्टरले आयोजना गरेको हो । प्रदर्शनी चैतको १८ गते सम्म सञ्चालनमा रहने छ ।