• १४ फागुन २०८२, बिहिबार

रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

blog

राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीलाई स्वागत गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा।

परासी, फागुन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

बिहीबार बर्दघाट–१२ स्थित चौपत्तामा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका सभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टीमा स्वागत गर्नुभयो । रास्वपाका तर्फबाट जिल्लाको नेतृत्व गरिरहनुभएका ठकुरी पछिल्लो समय उम्मेदवार चयन र टिकट वितरणको विषयलाई लिएर नेतृत्वसँग असन्तुष्ट हुनुहुन्थ्यो ।

ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका तर्फबाट १२ हजार ४९९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा प्रभावशाली नेता ठकुरीले पार्टी छाडेपछि पश्चिम नवलपरासीमा रास्वपालाई ठुलो धक्का लागेको विश्लेषण गरिएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाल रास्वपामा प्रवेश गरी टिकट पाएपछि ठकुरी रुष्ट बन्नुभएको थियो । यसअघि सुस्ता गाउँपालिकाका उपसभापति रहनुभएका महेन्द्रका दाजु गुप्तसेन ठकुरीले पनि रास्वपा परित्यागको घोषणा गरिसक्नुभएको छ ।