• १४ फागुन २०८२, बिहिबार

लागु औषधसहित दुई जना पक्राउ

blog

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन १४ गते । अर्जुनचौपारी गाउँपालिका–१, जिरो चोकबाट लागु औषधसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।

प्रहरीको विशेष अप्रेसन टोलीले सवारी साधन चेकजाँचको क्रममा ना. ३२ प. ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट विभिन्न प्रकारका लागु औषध फेला परेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा अर्जुनचौपारी–१, निवासी २९ वर्षीय उत्तमबहादुर थापा मगर र सोही स्थानका २७ वर्षीय अनिस थापा मगर रहेको चौधरीले जानकारी दिनुभयो । उनीहरूको साथबाट डाइजेपाम इन्जेक्सन आइपी पाँच एम्पुल, फेनेरगन पाँच एम्पुल र बुप्रेनोर्फिन पाँच एम्पुल बरामद गरेको चौधरीले बताउनुभयो । 

प्रहरीले मोटरसाइकल र दुई थान मोबाइल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।