• १७ फागुन २०८२, आइतबार

कास्कीमा रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द रहने

blog

सन्तोष सुवेदी

कास्की, फागुन १७ गते ।कास्कीमा फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र होटल, रेस्टुरेन्ट, दोहारी साँझ, क्लब, डान्स बार, मदिरा पसललगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ ।

उक्त नियम कार्यान्वयन भएर नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने जनाइएको छ ।

 निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक स्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको छ ।