• २५ असोज २०८२, शनिबार

बन्दीपुरमा भिरबाट लडेका पूर्व प्रहरी हवलदारको मृत्यु

blog

अमरराज नहर्की
तनहुँ, असोज २५ गते ।
तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभन्ज्याङका ७३ वर्षीय पूर्व प्रहरी हवलदार खुदबहादुर आलेको भिरबाट लडी मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुरका अनुसार शुक्रबार साँझ करिब ५ बजेर ३ मिनेट जाँदै गर्दा आफन्तको बिहेबाट घर फर्किने क्रममा आले दुर्घटनामा परेका हुन् । उनी सोही गाउँपालिका–५ स्थित सडक खण्डमा सन्तुलन गुमाई करिब १५ मिटर तल खसेका थिए । घाइते अवस्थामा स्थानीयले देखेर उहाँलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्‍याए पनि डाक्टरले साँझ ६ बजेर ३ मिनेटमा मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।