• ८ कात्तिक २०८२, शनिबार

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

blog

हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका किशोर तिमिल्सिना ।

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ८ गते । कास्कीको पोखरा महानगरपालिका –५, पस्र्याङमा शुक्रबार राति विवादका क्रममा एक जनाको हत्या भएको छ । पस्र्याङ बस्ने ४४ वर्षीय अनिल पराजुलीको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पोखरा–१८, सराङकोट घर भई हाल मालेपाटन बस्ने वर्ष २४ का किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान ३ बजेतिर पोखरा–५, चिल्डेल पार्कनजिकै पराजुली अचेत अवस्थामा रहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो । 

पराजुलीलाई बिहान पौने ४ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतलले जानकारी दिनुभयो । तिमिल्सिना र पराजुलीबिच सामान्य वादविवाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आएको र घटनाबारे अनुसन्धान जारी रहेको बस्नेतले बताउनुभयो । 

घटनाको डेढ घन्टापछि तिमिल्सिनालाई प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिएको जनाएको छ ।