• १ कात्तिक २०८२, शनिबार

कालिज फार्ममा चितुवा : चार लाख रुपियाँ बराबरको क्षति

blog

बगलुङको ढोरपाटन नगरपालिका–२ मा रहेको सानो स्वर्ग कालिज फार्ममा चितुवा पस्दा मरेका कालिज । तस्बिरः नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), असोज ३१  गते। बगलुङको ढोरपाटन नगरपालिका–२ मा रहेको सानो स्वर्ग कालिज फार्ममा चितुवा पस्दा ४ लाख रुपियाँ बराबरको क्षति पुगेको छ। फार्मका सञ्चालक चुडामणी कँडेलका अनुसार शुक्रबार बिहान फार्ममा पसेको चितुवाले २०० भन्दा बढी कालिजमा क्षति गरेको छ । 

‘चितुवाले ठुलो क्षति गरेको छ, झण्डै दुईसय वटा कालिज मरेका छन् । ५० भन्दा बढी घाइते छन्, ती घाइतेहरु पनि बाँँच्लानजस्तो लाग्दैन’ उहाँले भन्नुभयो –‘यसबाट झण्डै ४ लाख रुपियाँ बराबरको क्षति पुगेको छ ।’

चितुवाको आक्रमणले ठूलो संख्यामा कालिज मरेपछि चिन्तित बनाएको कँडेलले बताउनुभयो। ‘यो कालिज बिक्रि हुने राम्रो सिजन थियो, राम्रो बिक्री भइरहेको थियो’ कँडेलले भन्नुभयो,  ‘यस्तो सिजनमा चितुवा पसेपछि ठुलो क्षति पुग्यो।’ कँडेलले वि।स २०७५ सालदेखि कालिज पाल्दै आउनुभएको थियोे । फार्ममा अहिले १ हजार ८ सय कालिज रहेका छन् ।