फेवातालमा रमाउँदै पर्यटक
पर्यटकीय नगरी पोखरास्थित फेवातालमा बोटिङ गर्दै स्वदेशी तथा विदेशी पर्यटक ।
जलवायु मैत्री खेतीका लागि किसानलाई मल्चिङ प्रविधि तालिम
घोराही उपमहानगरपालिकाको सहकार्यमा आर्क नेपालले घोराही उपमहानगरपालिका वडा नम्बर ६ र ७ का किसानलाई जलवायु मैत्री कृषि परियोजना अन्तर्गत दुई दिने मल्चिङ प्रविधि तालिम प्रदान गरेको छ ।
हराउँदै परम्परागत घुमाउने घर
तनहुँमा परम्परागत ‘घुमाउने घरहरू लोप हुँदै जान थालेका छन् । केही वर्ष अघिसम्म जिल्लाका दरै बस्तीहरूमा बाक्लै देखिने यस्ता मौलिक घरहरू अचेल फाट्टफुट्ट मात्रै देख्न पाइन्छ ।
सडक ऐनको संशोधन विधेयक पारित
गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
महासङ्घको स्थापना दिवसमा तनहुँका छ पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले जिल्लाका छ जना पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
ठेकेदारको लापरबाहीः २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन मोटर गुड्ने पुल ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको हो।
पत्रकार महासङ्घको स्थापना दिवसमा खाद्यान्न सामग्री वितरण
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आबद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ ।
जनताको आँगनमै पुगेर विकासका योजना तय गरिने
तनहुँ क्षेत्र नं. २ मा विकास निर्माणका योजना छनोट प्रक्रियालाई पूर्ण रूपमा जनमुखी र पारदर्शी बनाउन नयाँ अभ्यासको थालनी गरिएको छ ।
डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियान
बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियानले गति लिएको छ । ग्रामीण जीवनशैली, बागलुङ बजार र धौलागिरि हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिने ब्लुहिललाई जोड्ने सडक र पदमार्ग निर्माणको काम पनि थालिएको छ ।
गोरखालाई विश्वभरि चिनाउने योजनामा लाग्छु
गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभामा निर्वाचित सांसद कवीन्द्र बुर्लाकोटीले गोरखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी समग्र विकासको योजना अघि सार्ने बताउनुभएको छ । नवनिर्वाचित सांसद बुर्लाकोटीले आफ्नो प्राथमिकता पर्यटन, पूर्वाधार र ऊर्जा विकासमार्फत जिल्लालाई नमुना बनाउने योजना रहेको जनाउनुभएको छ ।
लमजुङमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते
लमजुङको मर्स्याङ्दी गाउँपालिका ९ पान्चोकस्थित भित्री सडक खण्डमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य दुईजना घाइते भएका छन् ।
नक्कली नोट कारोबारको आशङ्कामा चर्माकार पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले एक हजार रुपियाँका नक्कली नोट कारोबारको आशङ्कामा अधिवक्ता यामबहादुर चर्माकारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
भीरकोटमा ‘विद्यार्थीका लागि बिमा’
स्याङ्जाको पहिलो बालमैत्री स्थानीय तह भीरकोट नगरपालिकाले विद्यार्थीका लागि बिमा कार्यक्रम लागू गर्ने भएको छ । विद्यार्थीलाई बिमा कार्यक्रम पहिलो पटक वडा नं –८ बाट सुरू हुन लागेको हो ।
फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन्द्र) ले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ ।
२० करोडमा भवन बनाउँदै अमरसिंह नमुना विद्यालय
विद्यार्थी सङ्ख्या बढ्दै गएपछि विद्यालयले पूर्वाधारसमेत थप्दै लगेको व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइराला बताउनुहुन्छ । विद्यालयमा भौतिक पूर्वाधार विकासका लागि यो वर्ष भारतीय दूतावासले २० करोड रुपियाँ अनुदान दिने भएको छ ।
लालीगुराँसको जङ्गल घोडेपानी
ढकमक्क लालीगुराँस फुलेर राताम्मे बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानी वरपरको जङ्गल ।
कालीका कप भलिबलमा इलाइट च्याम्पियन
कालीका कप भलिबलको महिलातर्फ इलाइट भलिबल एकेडेमी पोखरा च्याम्पियन बनेको छ । घरेलु टोली शान्ता माविलाई ३–० को सोझो सेटमा निराश बनाउँदै इलाइट भलिबल एकेडेमी च्याम्पियन बनेको हो ।
पोखरामा जिआइएस तथा रिमोट सेन्सिङसम्बन्धी तालिम सुरु
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (स्क्याफ) नेपालको आयोजनामा पोखरामा चारदिने 'जिआइएस तथा रिमोट सेन्सिङ' सम्बन्धी विशेष तालिम सुरु भएको छ।
स्वास्थ्य शिविरमा चार सय जनाको निःशुल्क उपचार
फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा करिब ४०० जना बिरामीले परीक्षण गराएका छन् ।
अति तथा मध्यम गरिब परिवारलाई महानगरपालिकाको निःशुल्क स्वास्थ्य बिमा
पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता भइसकेको छ।
जलवायुका कारण विस्थापित नामासुङका कृषकलाई पाठशाला
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नामासुङका कृषक पासाङ गुरूङ व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण हुनुभएको छ ।
नदी कटान रोक्न तटबन्ध निर्माण धमाधम
म्याग्दी नदीको कटानबाट जोखिममा परेका बेनी बजारका सरकारी कार्यालय संरक्षण गर्न थालिएको तटबन्ध निर्माणको काम अन्तिमचरणमा पुगेको छ ।
‘पत्रकारिताबाट समस्या पहिचान राजनीतिबाट सम्बोधन’
निकटतम प्रतिस्पर्धीभन्दा चार गुण बढी मत पाएर उत्तमप्रसाद पौडेलले प्रतिनिधि सभाको संसद् यात्रा तय गर्नुभएको छ । कास्की क्षेत्र नम्बर २ मा ५२ हजार ५१९ मत खसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलको भागमा ३१ हजार ९११ मत प¥यो । जुन कुल सदर मतको ६० प्रतिशत हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रश्मी आचार्यले सात हजार ४९३ मतमै सीमित हुनुभयो । अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धनलाई एक्लै पराजित गरेको एमाले यसपालि कास्कीमा जितविहीन बन्यो ।
अवैध दोहन गर्नेलाई कारबाही गर्न सिफारिस
कालीगण्डकी नदीको अवैध दोहन गर्नेलाई आवश्यक कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिकासहितका सरोकारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न ठेकेदार तथा निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।