मौरिस हर्जोग पदमार्गबाट फोहोर सङ्कलन
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गमा पर्यटकले फालेको फोहोर सङ्कलन गरिएको छ । पर्यटकीय सिजन असोजदेखि मङ्सिरसम्म आधार शिविरमा पुगेका पर्यटकहरुले फालेको फोहोर एकहप्ता लगाएर सङ्कलन गरिएको हो ।
लमजुङमा एक लाख ३७ हजार मतदाता कायम
आगामी फागुन २१ गतेको सङ्घीय निर्वाचनमा लमजुङमा एक लाख ३७ हजार एक सय २४ ले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले एक लाख ३७ हजार एक सय २४ जना मतदाता रहेको जनाएको हो ।
मतदानस्थलको निरीक्षण
म्याग्दीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थलको स्थलगत निरीक्षणलाई तीव्र पारिएको छ ।
लमजुङ अदालतमा १० करोड ५० लाख जरिवाना असुल गर्न बाँकी
लमजुङ जिल्ला अदालतले विगतमा फैसला भई जरिवाना तोकिएको १० करोड ५० लाख ४७ हजार २६ रुपियाँ रकम असुल गर्न बाँकी रहेको छ । लमजुङ जिल्ला अदालतमा गत कात्तिक मसान्तसम्म यतिका रकम असुल गर्न बाँकी रहेको छ ।
दमौलीमा तमु ल्होसारको रौनक
तनहुँका गुरुङ समुदायले पर्व ‘तमु ल्होसार’ (नयाँ वर्ष) मङ्गलबार दमौलीमा भव्यताका साथ मनाएका छन् । पुस १५ को अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको आयोजनामा निस्किएको साँस्कृतिक झाँकी र र्यालीले दमौली बजारको रौनक बढाएको थियो ।
नेकपाले थाल्यो म्याग्दीमा चुनावी अभियान
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी अभियान थालेको छ । पार्टीका तर्फबाट सम्भावित उम्मेदवार र एकताको सन्देशसहित नेकपाले गाउँ केन्द्रित अभियान थालेको हो ।
चरन क्षेत्र हिउँले छपक्कै पुरियो, चौरीलाई बस्तीमा झारियो
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्ने, पानी र चरन अभावका कारण याकचौरी बेसी झारिएका छन् ।
नाका खुलेपछि स्थानीयलाई भ्याइनभ्याइ
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरका २८ वर्षीय पेमा छिरिङ गुरुङले सिकर्मी छोडेर कोरला नाकामा व्यवसाय सुरु गर्नुभयो । छोसेर र ल्होमन्थाङ क्षेत्रमा सार्वजनिक भवन, व्यक्तिगत घर बनाउन जाने गुरुङ दुई वर्षअगाडिदेखि नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ । युवा व्यवसायी गुरुङले कोरला नाका घुम्न जानेलाई आफ्नो पसलमा लगेर सामान बिक्री गर्नेदेखि सीमापारि पुगेर सामान खरिद गरी मनग्गे आम्दानी गर्नुहुन्छ ।
प्रदेशको विकासका लागि सङ्घीयता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले शिक्षा, जलस्रोतका क्षेत्रमा प्रदेशका जनतालाई सुविधा सम्पन्न गराएर अघि बढ्ने सङ्कल्प गरेको बताउनुभएको छ । उहाँले प्रदेशको विकासका लागि सङ्घीयता चाहिएको प्रमाणित भएको बताउनुभयो ।
निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित
बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि रु एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ ।
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आउनुभएको छ ।
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ ।
निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च
समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो ।
त्रिभूवनको महायज्ञमा दुई करोड ९० लाख सङ्कलन
बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणका लागि हिरक महोत्सवको अवसरमा बडिगाड गाउँपालिका २ खर्वाङस्थित त्रिभूवन माविमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञमा झण्डै तीन करोड रकम सङ्कलन भएको छ ।
महोत्सवमा ‘मेड इन बागलुङ’लाई प्राथमिकता
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामा स्थित बाङ्गेचौर खेलमैदानमा जारी महोत्सवमा ‘मेड इन बागलुङ’ का स्टललाई निःशुल्क उपलब्ध गराइएको छ ।
आज तमु ल्होछार, पोखरामा महोत्सवको रमझम
अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाइरहेको पर्यटन राजधानी पोखरामा तमु (गुरुङ) समुदायको नयाँ वर्षसमेत भव्य रुपमा मनाइँदै छ । पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा पोखराको टुँडिखेलमा सोमबारबाट महोत्सव सुरु भएको हो ।
नवौँ वालिङ महोत्सव माघ १४ बाट सुरु हुने
स्याङ्जाको वालिङ नगरपालिका–८ आँधीखोलाको किनारमा आगामी माघ १४ देखि २५ गतेसम्म नवौँ वालिङ महोत्सव गरिने भएको छ ।
विकासमा योगदान गर्नेलाई सम्मान
म्याग्दीको बेनी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट योगदान गर्ने कर्मचारी, नागरिक र संस्थालाई सम्मान गरेको छ ।
गण्डकीमा थपिए ४४ हजार मतदाता
अघिल्लो निर्वाचनको तुलनामा फागुन २१ गते हुने मतदानमा गण्डकीमा ३४ हजार मतदाता बढेका छन् ।
बाल मन्दिरका विद्यार्थीलाई जुत्ता–मोजा र टोपी
लायन्स क्लब अफ लमजुङ बेँसीसहरले बेँसीसहर नगरपालिका–७ स्थित लक्ष्मी बाल मन्दिर विद्यालयका विद्यार्थीलाई जुत्ता–मोजा र टोपी वितरण गरेको छ ।
अलैँची खेतीतर्फ किसान आकर्षित
गोरखाको सिरानचोक गाउँपालिका–२ का किसानहरू पछिल्लो समय अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुदाँ बैकल्पिक नगदेबालीको खोजीमा रहेका किसान अलैची खेतीलाई दीर्घकालीन र फाइदाजनक बिकल्पको रुपमा अपनाउन थालेका हुन् ।
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु. २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो ।
मर्स्याङ्दी बचाउ सङ्घर्ष समितिले फिर्ता गर्यो तालाचाबी
आन्दोलनरत मर्स्याङ्दी बचाउ सङ्घर्ष समितिले मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीलाई यसअघि आफूले निर्माणस्थलबाट खोसेको तालाचावि फिर्ता गरेको छ ।
नाम्जुङ-रामभञ्ज्याङ-बुङकोटघाट सडक कालोपत्रे
गोरखाको शहिद लखन गाउँपालिका–९ स्थित नाम्जुङ–रामभञ्ज्याङ–बुङकोटघाट सडक अन्तर्गतकाे छेलाङगी चोकदेखि वडा कार्यालयको बदेली डाडाँसम्म सडक कालोपत्रे भएको छ ।