आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै
चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय थियो ।
ङत अजिमा जात्रा
पाहाँचर्को साँझबाट नरदेवी जात्रा (ङत अजिमा)को जात्रा सुरु भएको छ । दुईसम्म हुने जात्रा पाहाँचर्हे र सोको भोली पल्ट घोडेजात्राको दिन नरदेवी मन्दिरको विपरित दिशामा रहेको डबलीमा नचाइन्छ ।
तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने
काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।
काठमाडौँ उपत्यकामा पाहाँचह्रे जात्रा सुरु
काठमाडौँ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रुपमा मनाउने पाहाँचह्रे जात्रा आजदेखि सुरु भएको छ ।
बृहत् पाशुपत पदयात्रा हुने
पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा २०८२ को आयोजना हुने भएको छ ।
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो ।
धार्मिक महत्वको लुङबुक गुफा
यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा एक विशाल चट्टानरुपी पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो– लुङबुक गुफा ।
गोरक्षपात्रदेवता–देविपाटन महायात्रा हुने
धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ।
चैतेदशैं नजिकिएसँगै कालिकामा चहलपहल बढ्यो
चैतदेशैं मेला नजिकिँदै गएपछि कालिका भगवती मन्दिर परिसरमा भक्तजनको चहलपहल बढ्न थालेको छ । आगामी चैत १० देखि १४ गतेसम्म कालिका परिसरमा जिल्लाको ऐतिहासिक चैतेदशैं मेलाको आयोजना गरिएको छ ।
राना थारू समुदायले मनाए परम्परागत ‘खखडेहरा पर्व’
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाएका छन् ।
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ ।
धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता
प्रतिनिधिसभाको निर्वाचन अन्र्तगत धनुषा जिल्लामा रहेको चारवटा निर्वाचन क्षेत्र मध्ये धनुषा क्षेत्र नं.३ मा मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार रास्वपाका उम्मेदवार मनिष झाले भारी मतले अग्रता लिनुभएकोे छ ।
मुस्ताङमा शान्तिपूर्ण र उत्साहपूर्ण मतदान सुरु
मुस्ताङमा बिहानैदेखि शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान सुरु भएको छ। मतदान केन्द्रमा मतदाताको उपस्थिती विस्तारै बढ्दै गएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।
होलीमा गाइने प्रचलित गीत ‘धमार’
जमुनाह समाचारदता जमुनाह, फागुन २० गते । ‘सिया डाले रे सिया डाले रे... सिया डाले राम गले जयमाला...
अन्तरगृह परिक्रमासँगै १५ दिने मिथिला मध्यमा परिक्रमा समापन
अन्तरगृह परिक्रमासँगै मिथिलाको धार्मिक पदयात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा आज विधिवत् रुपमा समापन भएको छ ।
सप्तरीमा होलीको रौनक, मधेशमा दुई दिन उत्सव
सप्तरीसहित तराई–मधेशका जिल्लामा होली अर्थात् फागुपूर्णिमा सोमबारदेखि सुरु भएको छ। परम्पराअनुसार फागुन शुक्ल पूर्णिमाको राति होलिकाको प्रतिमा बनाई दहन गरिन्छ र भोलिपल्ट रङ र अबिर खेलेर होली मनाइन्छ। तर यस वर्ष चन्द्रग्रहणका कारण मधेशमा दुई दिन होली मनाइँदैछ।
तराईका जिल्लामा आज होली मनाइँदै
रङहरूको पर्व होली मङ्गलबार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
थारू बस्तीमा फगुवाको रौनक
देशभरका थारू समुदायले यस वर्ष पनि परम्परागत ढङ्गले ढुरहेरीपर्व धुमधामसाथ मनाइरहेका छन् । प्रकृति र भूमिसँग गहिरो सम्बन्ध राख्ने थारू समुदायका लागि ढुरहेरी उत्सवको पर्व मात्र नभई सांस्कृतिक प्रतीकसमेत हो ।
अमेरिकामा होली
नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिबार अपराह्न होलीपर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ । उपस्थित मानिसले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्ग्याइदिनुका साथै हाँसखेल र नाचगानसमेत गरेका थिए ।
एकजुट भएर मनाइयो होली
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ । चुनावी माहोललाई पर राखेर सबै जना रङको पर्वमा रमाएका थिए । सुन्धारादेखि वसन्तपुरको डबलीसम्म होलीको रमझममा विशेष गरी युवापुस्ता र पर्यटक रमाएका थिए । होलीलाई लक्षित गरी अस्ट्रेलियादेखि नेपाल आएका विदेशी पर्यटक एड्रिन भन्नुहुन्छ, “होली खेल्न नेपाली साथीसँग १५ दिनका लागि यहाँ आएको हुँ ।” उहाँलाई रङसँग खेल्न मन पर्ने भएकाले होली मनाउन नेपाल आएको बताउनुभयो ।
नेपालीसँगै रङ्गिए पर्यटक
रङहरूको पर्व फागु अर्थात् होली काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लाससाथ मनाइएको छ । आपसी मेलमिलाप र सद्भावसाथ मनाइने होली वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि रङमा रमाउँदै हर्षोल्लाससाथ मनाएका छन् ।