विवाहको वैदिक रीति
मानिसको जैविक उत्पादन र सामाजिक अस्तित्व वैवाहिक प्रक्रियाले कायम गर्दछ । सृष्टि चक्रको निरन्तरताका लागि विपरीत लिङ्गीबीचको यौन समागम हुनु नै विवाहको मूल रूप हो । मानिसबाहेक अन्य प्राणीबीचको यौन समागमलार्र्ई विवाह मानिँदैन र त्यो यौन समागमका लागि खास पद्धतिको बृहत् स्वरूप पाइँदैन ।
नेपालका प्रमुख तीर्थस्थलहरु
नेपाल विशाल तीर्थै तीर्थस्थल भएको पुण्यस्थल हो । प्राचीनकालदेखि नै विभिन्न महर्षिले साधना गरेको मुलुक हो यो । वेद, उपनिषद्, पुराण आदि हिन्दु धर्मग्रन्थ विद्यमान रहेको एउटा पवित्र देश हो नेपाल । यस पुण्यभूमिमा धार्मिक आस्था अन्तर्गत विभिन्न मठमन्दिरको स्थापना हुन गयो ।
समाजमा अपहेलित शूद्र
शूद्र आर्य समाजभन्दा बाहिरको थियो होला भनी इस्वी संवत् १८४७ मा रौथले सङ्केत गरेका थिए ।
थारू सांस्कृतिक महोत्सव सुरु
सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।
पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्नु जरुरी छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्नु आवश्यक रहेको बताउनुभएको छ।
नवदुर्गा गणको अन्त्येष्टि दिन
देव गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ । अन्त्येष्टि क्रममा भलभल अष्टमीमा नवदुर्गा गण बिहानै द्योछें (देवता घर)बाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा रहेको छ ।
समावेशी संस्कृतिको प्रतीक वासुलिङ मन्दिर
धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाको अनुपम सङ्गम बोकेको ऐतिहासिक वासुलिङ मन्दिर सुदूरपश्चिम नेपालको अमूल्य सांस्कृतिक र पर्यावरणीय सम्पदाका रूपमा रहेको छ । सुर्नया गाउँपालिका–२ र ३ मा अवस्थित मन्दिर क्षेत्र दर्जनौँ गाउँ समुदायको साझा आस्थाको केन्द्रका रूपमा स्थापित छ ।
संस्कृति जगेर्ना गर्न प्रदर्शनी
आफ्नो परम्परागत संस्कृति जगेर्ना र संरक्षण गर्न सिमकोटमा वेशाभूषासहितको प्रदर्शनी गरिएको छ । संस्कृति जर्गेना गर्दै नयाँ पुस्तालाई यसबारे जानकारी गराउन प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीनबहादुर रावतले बताउनुभयो ।
टुँडिखेलमा भूम्या नाँच (फोटो फिचर)
टुँडिखेलमा भूम्या नाँच (फोटो फिचर)काठमाडौँ, असार २ गते । मगर समुदायको भूम्या (भूमे) पर्व आइतबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौँमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर सङ्घले काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरिएको हो ।मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोवास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउँछन् । राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ र धौलागिरि अञ्चलको बागलुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाइन्छ । जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाकाहरू बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बीच बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुशियाली मनाइन्छ ।
प्रकृतिको पूजा गरेर मनाइँदै भुमेपर्व
मानव जीवन फूल जस्तै रङ्गीन होस् र कुनै विघ्नबाधा नहोस् भने मगर समुदायले आइतबार देशभर भुमेपर्व मनाएका छन् । सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले काठमाडौँ उपत्यकाको टुँडिखेलमा तीन दिनसम्म पर्वको आयोजना भइरहेको छ ।
जात्रै जात्रा फोटो प्रदर्शनी
संस्कृति सम्पदा संरक्षण तथा प्रवर्धनको उद्देश्यका साथ काठमाडौंमा एक दिने फोटो प्रदार्शनी गरिएको छ।
सङ्कटमा पर्दैछ सतिघाटु नाँच
पश्चिम बागलुङको बडिगाड गाउँपालिका –३ सिसाखानी सतिघाटु नाँचले परिचित छ । त्यहाँ करिब तीन सय वर्षदेखि सतिघाटु नाँच नाच्दैआएको विश्वास गरिन्छ ।
टोखा घुमेर पूजनको भाका सुन्दा
मेरो मनमा अन्योल छाएको थियो, कसरी यो भ्रमण सम्भव होला र ? डा. सावित्री श्रेष्ठले सिद्धिश्वरमान अक्षलोक साहित्यिक भ्रमणको निम्ता गर्नुभएको थियो । सिद्धिश्वरमान श्रेष्ठले २०३७ सालमा अक्षलोक साहित्यिक पत्रिका स्थापना गर्नुभएको हो ।
मध्यपुरको मु धिमय्
नेवार वाद्य परम्परामा धेरै थरी बाजा छन् । त्यसमा पनि सबैभन्दा लोकप्रिय बाजा धिमय् नै हो । ‘धिमय्’ र ‘यलय् प्वः धिमय्’ दुई किसिमका धिमय् प्रचलनमा देख्न सकिन्छ । ‘धिमय्’ ठुलो आकारको हुन्छ । ‘यलय् प्वः धिमय्’ सानो आकारको हुन्छ । यलय प्वः धिमय् काठमाडौँमा प्रायः बजाइन्छ तर मध्यपुर थिमिमा अलग्गै किसिमको धिमय् प्रचलनमा छ ।
पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा
काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई २८ गतेसम्म चल्नेछ ।
रोपाइँअघि पनौतीमा हिलेजात्रा
पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल जेठ २६ देखि २८ गतेसम्म हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहिआएको छ ।
विधिपूर्वक तुलसीको दल राखियो
आयुर्वेदिक औषधीको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ ।
बकर इद बाँकेमा धुमधामका साथ मनाइँदै
इस्लाम धर्मावालम्बीहरुको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ शनिबार मनाइँदै छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।
यसरी मनाइँदैछ बकर ईद (फोटो फिचर)
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा) शनिबार देशभर मनाइँदै छ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
आज बकर ईद मनाइँदै
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) शनिबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।
सरकारले दियो शनिबार सार्वजनिक बिदा
सरकारले भोली (शनिबार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
संस्कृति पुस्तान्तरणसम्बन्धी प्रशिक्षण
तामाङ संस्कार, संस्कृति पुस्तान्तरण गर्ने लक्ष्यसहित काठमाडौँमा बिहीबारदेखि पाँचदिने तम्बासम्बन्धी प्रशिक्षण तथा सम्मेलन सुरु भएको छ ।
सकियो 'धुले मेला'
वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरूको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ वडा पर्ने बरंजा क्षेत्रमा मनाइने धुलेको मुख्य बिधि सकिएसँगै यस वर्षको धुलेको सबै कार्य सकिएको हो ।
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।