शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कास्की, वैशाख २९ गते । पोखराका वाङ्मयिक संस्थाले लोकगायक रामप्रसाद खनाललाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकगायिका हरिदेवी कोइराला र सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो । कोइरालाले लोकगायक खनालले नेपाली लोकसंस्कृतिप्रेमीका लागि उत्प्रेरकको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
लोकगायक खनालले पोखरा राम्रो सहर भएको र पोखराका बारे धेरै गीत कविता पनि लेखिएको उल्लेख गर्दै यहाँ सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष पद्मराज ढकालले लोकगायक खनालको योगदानबारे प्रकाश पार्नुभयो ।