लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ ।
सप्तरीमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
सप्तरी प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
अवैध पेट्रोल बेच्ने पक्राउ
अवैध रूपमा अति प्रज्वलनशील पदार्थ (पेट्रोल) को सञ्चय तथा बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
यातायात कार्यालयबाट चौध जना बिचौलिया पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन वटा छुट्टाछुट्टै यातायात कार्यालयमा छापा मारी १४ जनालाई पक्राउ गरेको छ ।
वेस्ट ब्याङ्कमा इजरायलद्वारा प्रस्तावित नयाँ बस्तीको चौतर्फी आलोचना
विभिन्न १४ वटा राष्ट्रले इजरायली सुरक्षा मन्त्रिपरिषदले वेस्ट ब्याङ्कमा प्रस्तावित १९ वटा नयाँ बस्तीलाई स्वीकृति दिएकोमा आलोचना गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै बेलायत, स्पेन, फ्रान्स, जर्मनी, क्यानडा,जापानलगाएतका देशले आलेचना गरेको जनाइएको छ ।
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी आज सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सलवादी विद्रोहीको मृत्यु
पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना
यातनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी पत्नी बुशरा बीबी खानको नजरबन्दको अवस्थाको आलोचना गर्दै उहाँको अवस्था अन्तर्राष्ट्रिय मापदण्डभन्दा न्युन रहेको बताउनु भएको छ ।
पूर्वप्रशासकद्वय कार्कीलाई धरौटी सुविधा
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आर्थिक हिनामिनाको अभियोग लागेका नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटी सुविधा दिएको छ ।
आठ क्विन्टलभन्दा बढी गाँजासहित चालक पक्राउ
सप्तरी जिल्लामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । प्रहरीले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा आठ क्विन्टलभन्दा बढी गाँजासहित एक जना चालकलाई पक्राउ गरेको हो ।
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवा, छजना पक्राउ
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आरुघाटमा साढे तीन तोला सुनसहित नगद चोरी
गोरखा जिल्लाको आरुघाट गाउँपालिका – १० फूलपाती भञ्ज्याङमा अज्ञात समूहले एकै रात विभिन्न घर तथा पसलमा चोरी गरेका छन् ।
कास्की कारागारबाट फरार थुनुवा लमजुङमा पक्राउ
जेनजी आन्दोलनको मौका छोपेर कास्की कारागारबाट फरार एक जना थुनुवा लमजुङबाट पक्राउ परेका छन् । कर्तव्य ज्यानको कसुरमा कास्की कारागारमा रहेका लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार कैदीबन्दी पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई पक्राउ गरेको जनाएको छ ।
नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा महिला पक्राउ
सदरमुकाम बेंसीसहरमा नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा लमजुङ प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको आरोपमा मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध आरोपपत्र दायर गरिएको छ।
सप्तरीमा जबरजस्ती करणी मुद्दाका फरार तीनजना पक्राउ
बालयौन दुरुपयोगसम्बन्धी मुद्दामा वारदात पश्चात् फरार रहेका दुई जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी
जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ्गाल सोमबार बेलुका फेला परेको हो ।
लागुऔषधसहित चार जना पक्राउ
प्रतिबन्धित लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।
फेवातालको सिमसार पुर्ने खतिवडा पक्राउ
कास्की प्रहरीले फेवाताल सिरानको सिमसार पुर्ने व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ ।
आफ्नै छोराको हत्या कसुरमा आमा पुर्पक्षका लागि जेल चलान
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् ।
सप्तरीमा हराएका चार बालबालिका फेला
सप्तरीको तिरहुत गाउँपालिका–३, गोइठी टोलबाट हराएका चार जना बालबालिका सकुशल फेला परेका छन्।