नक्कली नोट कारोबारको आशङ्कामा चर्माकार पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले एक हजार रुपियाँका नक्कली नोट कारोबारको आशङ्कामा अधिवक्ता यामबहादुर चर्माकारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।
सरकारी जागिर लगाई दिने भन्दै ठगी गर्ने एक पक्राउ
सरकारी जागिर लगाइ दिने र अनुदान उपलब्ध गराइ दिने भन्दै करोडौं ठगी गर्ने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
न्युजिल्यान्ड पठाउने भनी १६ लाख ठगी गर्ने पक्राउ
न्युजिल्यान्ड पठाउने भनी १६ लाख ३० हजार रुपियाँ ठगी गर्ने रिजेन सापकोटा पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगन्जमा
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगन्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो ।
वराहक्षेत्रबाट २५ केजी गाजा बरामद, एक युवक पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका-८, शुक्रबारेबाट २५ केजी लागुऔषध गाजा बरामद भएको छ। सुनसरी प्रहरीले गाजा सहित एक युवकलाई पक्राउ गरेको छ।
लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।
सप्तरीमा ठगी र चोरीमा संलग्न ६ जना प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका छ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठगी, चोरी र चोरी उद्योग मुद्दाका प्रतिवादीहरु रहेका छन् ।
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ गरिएको छ ।
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
तीन जना लागुऔषध सेवनकर्ता पक्राउ
सप्तरी प्रहरीले लागुऔषध मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जना एकै वडावासी हुन् । उनीहरु उपर अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।
घोराहीमा लागुऔषध र सुनसहित पाँच जना पक्राउ
लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१५ स्केट पार्क नजिकबाट लागुऔषध ब्राउन सुगर र सुनसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ ।
बञ्चरो प्रहारबाट तीन जना गम्भीर घाइते
लमजुङको दोर्दी गाउँपालिका–५ सादीखोलामा घरायसी विवादका क्रममा बञ्चरो प्रहार हुँदा श्रीमतीसहित तीन जना घाइते भएका छन्।
एक हजारका नक्कली नोट फेला
बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन ।
ठमेलमा अभद्र व्यवहार गर्ने २० विदेशी महिला पक्राउ
काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ।
सुन जस्तो देखिने धातुसहित चार जना पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित जगत रिसोर्ट होटलबाट सुन जस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीमा सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि प्रतिवादीलाई पक्राउ गरेको हो ।
अपहरण मुद्दामा फरार व्यक्ति पक्राउ
अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
१७१ किलो गाँजासहित एक पक्राउ
मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
लागु औषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
बाल बिज्याइँ न्यूनीकरणका लागि 'बाल अदालत'आवश्यक
नेपालमा बाल बिज्याइँ गर्ने बालबालिकाको सङ्ख्या न्यूनीकरण गर्न नेपाली समाजलाई मानव अधिकारमैत्री बनाउँदै न्याय प्रणाली मजबुत छ भन्ने अनुभूतिका लागि काम गर्नुपर्नेमा जोड दिइएको छ।
मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ
भारतबाट मलद्वारमा लुकाएर लागु औषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित
बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै, बेपत्ता बालिकाका परिवार र स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–८ करडबोनामा आइतबार करिब तीन घण्टा चक्काजाम गरेका छन्।
चोरी पैठारीको सामान भन्सार बुझाइयो
सप्तरी प्रहरीले चोरी पैठारीका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख ८२ हजार नौ सय बराबरको किराना सामान र मोटरसाइकल प्रहरीले भन्सारमा बुझाएको हो ।