शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १२ गते । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीकाअनुसार मोटरसाइकल चोरीसम्बन्धी घटनाको अनुसन्धानका क्रममा शङ्कास्पद व्यक्तिको खोजतलास गर्दै जाने क्रममा कञ्चनरूप नगरपालिका–१ का १८ वर्षीय मसुद सेख र २२ वर्षीय ईसुब मन्सुरीलाई फेला पारिएको थियो ।
सोधपुछका क्रममा उनीहरूले प्रहरी टोलीमाथि गालीगलौज गर्दै हातपातसमेत गरी अभद्र व्यवहार गरेकोले दुवैजनालाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका मसुद सेख र ईसुब मन्सुरीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको छ । सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।