शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शङ्कर केसी
सल्यान, चैत १२ गते । प्रसारण लाइन सुदृढीकरणका लागि भन्दै सल्यानमा शुक्रबार सल्यानमा सात घण्टा विद्युत् सेवा अवरुद्ध गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनको तुल्सीपुर-कपुरकोट तथा श्रीनगर-बागचौरका विभिन्न स्थानमा रूख, बिरुवा तथा बाँसले लाइन छोएका कारण ‘बुस कटिङ’ कार्य गर्न लागिएको हो ।
उक्त कार्यका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जिल्लाभर विद्युत् सेवा बन्द गरिने सल्यान वितरण केन्द्रले जनाएको छ ।
केन्द्रले एक सूचना जारी गर्दै प्रतिकुल मौसम र हावाहुरीका कारण बारम्बार लाइन अवरुद्ध हुने समस्या देखिएकाले सेवा नियमित र भरपर्दो बनाउन मर्मत तथा सरसफाइ अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।
कार्य सम्पन्न हुने समय अनुसार विद्युत् सेवा छिटो वा ढिलो सुचारु हुन सक्ने पनि जनाइएको छ ।