• ११ चैत २०८२, बुधबार

अध्यक्ष ओलीको बुवा मोहनप्रसादको १३ औं दिनको संस्कार

blog

स्वर्गीय मोहनप्रसाद ओलीको निधनको १३ औं दिनमा गरिएको संस्कार पूजा । तस्बिरः आशिष पौडेल

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत ११ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय बुवा मोहनप्रसाद ओलीको १३ औं पुण्यतिथिको अवसरमा परम्पराअनुसारको संस्कार सम्पन्न गर्नुभएको छ । भक्तपुरको गुण्डुस्थित रहेको अध्यक्षको निवासमा सो संस्कार पूर्ण गरिएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

अध्यक्ष ओलीको बुवा मोहनप्रसाद ओलीको चैत १२ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।