राजन रावत
हुम्ला, चैत ११ गते । चालु आथिृक वर्षको आठ महिना विती सक्दा पनि सामाजिक विकास कार्यालय हुम्लाको हालसम्मको समग्र प्रगति २६ प्रतिशत रहेको छ । यो उक्त कार्यालयको चालु र पुँजीगत खर्च सहितको प्रगति हो ।
उक्त कार्यालयको समग्र वित्तीय प्रगति हालसम्म २६ दशमलव ११ प्रतिशत रहेको कार्यालयद्वारा आयोजना गरिएको समिक्षा कार्यक्रममा विवरण पेश गरिएको छ ।
चालु आर्थिक वर्षमा कार्यालयको चालुतर्फ एक करोड ४६ लाख एक्काईस हजार रहेकोमा हालसम्म ७० लाख ९१ हजार १८५ रुपियाँ खर्च हुँदा ४८ दशमलव पचास प्रतिशत वित्तिय प्रगति देखिएको छ ।
त्यसैगरि पुँजीगततर्फ बीस करोड तेईस लाख बजेट बिनीयोजित भएकोमा हालसम्म चार करोड ९५ लाख ६३ हजार पाँच सयरुपियाँ खर्च भएर २४ दशमलव ४५ प्रतिशत खर्च भएको छ । यसरी हालसम्म बित्तिय प्रगति कम हुनुको कारण चालु तर्फ दरवन्दी अनुसार कर्मचारी नहुनु र भौतिकतर्फ मङ्सिरदेखि फागुनसम्म चिसोको कारण सिमेन्टबाट गरिने कामहरु रोकिएकोले भएको सो कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले बताउनुभयो ।
यतिबेला वित्तिय प्रगति कम भएपनि असारसम्म त्यसलाई ९५ प्रतिशत पुर्याउने प्रतिबद्धता उहाँले कार्यक्रममा ब्यक्त गरर्नुभयो । भौतिक पूर्वधारतर्फ सो कार्यालयले ४८ वटा योजनाहरु तीस लाख तलका रहेको र त्यसमा उपभोक्ता समितिबाट काम भइरहेका छन् ।
यी मध्ये १७ वटा योजनाको काम सम्पन्न भएर अब अन्तिम भुक्तानीको चरणमा रहेको प्रमुख सिंहले बताउनुभयो । यता तीस लाख भन्दा बढी बजेटका १९ वटा योजनाको ठेक्काबाट काम भई रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले यस आवमा गर्ने सवै कामहरु आगामी जेठ मसान्तसम्म सम्पन्न गर्ने र असार महिनामा कागजात मिलाउने काय गर्नेगरि कार्यालय लागि रहेको जानकारी गरिएको थियो । सो कार्यालयले उपभोक्ता समितिबाट गरिने अधिकांश योजनाको सम्झाता गत भदौ महिनामा गरि सकेको थियो भने केही मंसीर महिनामा गरेको थियो ।
ठेक्काबाट गरिने योजनाको सम्झौता पनि समय मै गरेको थियो । समिक्षा कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले कार्यालयको काम चुस्त, दुरुस्त, छिटो र छरिटो रुपमा सम्पादन भएको बताउनु भएको थियो ।
यसरी आफ्नो भनाइ राख्नेमा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाल, उद्योग बाणिज्य संघको अध्यक्ष रामबहादुर भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट कैलाश माविका अध्यष बिनोद बिक, प्रधानाध्यापकबाट भिमसेन आविका कालीबहादुर शाही रहनुभएको थियो ।
कार्यक्रममा योजना कार्यान्वयमा रहेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।