• ११ चैत २०८२, बुधबार

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

blog

फाइल तस्बिर

काठमाडौँ, चैत ११ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा छ ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी, देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

शुक्रबार सातै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । यसैगरी, सबै प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।