भक्तिविलास पोखरेल
गाईघाट, चैत ११ गते । नेपाली सेनाले उदयपुरको त्रियुगा नगरपालिका वडा ८ साहिखोलास्थित खाटमन्दिर आधारभूत विद्यालयको पूरानो जीर्ण भवन मर्मत सम्हार तथा स्तरवृद्धि गरी स्थानीय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको कल्याणकारी निर्देशनालयको करिव पाँच लाख रुपियाँको आर्थिक सहयोगमा मर्मत सम्हार गरिएको उक्त विद्यालय सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहकाबिच बुधवार व्यवस्थापन समितिका अध्यक्ष रणवहादुर विकलाई हसतान्तरण गर्नुभएको हो ।
सैनिक श्रीमती संघकी अध्यक्ष सिग्देलल सो विद्यालयमा अध्ययनरत एकसय ३० जना बालबालिकाहरुलाई किताव बोक्ने झोला, डटपेन पेन्सिल र कापि लगायतका स्टेशनरी सामग्री र खेलकुदका विभिन्न सामग्रीहरु समेत वितरण गर्नुभएको छ ।
सोही अवसरमा सैनिक श्रीमती संघकी सचिव लता कोईरालाले यो संघ २०४० सालमा स्थापना भई सेवा नै परम धर्म, सेवा नै परम तप हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरेर सोहि अनुसार सामाजिक उत्तरदायित्वका विभिन्न सेवामूलक कामहरु गर्दै आएको बताउनुभयो । उहाँले मुख्यतय सैनिक परिवारको हित तथा कल्याणमा समर्पित रहदै आएको भएपनि समाज सेवाका कार्यहरुमासमेत यो संस्थाले काम गर्दै आएको बताउनुभयो ।
खासगरी प्राकृतिक बित्तिहर भूकम्प, आगलागि, बाढीपहिरो र शितलहर जस्ता प्रकोपमा परेका असहाय, वृद्धवृद्धा तथा अन्य जोसुकै पनि पीडितहरुलाई तत्काल राहत र उद्दारका लागि आवश्यक कार्यहरु गर्ने ,दुर्गम स्थानहरुमा प्रसूति सेवा केन्द्रहरुको स्थापना र सञ्चालन गर्ने जस्ता मानवीय कार्यहरु गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले देश विकासको मूल प्रवाहमा नेपाली सेनाको काम उच्च कोटीको रहेको छ भन्नुहुँदै गरिव तथा विपन्न परिवारका बालबालिहरुले पढ्ने यस विद्यालयको भौतिक विकासमा सैनिक श्रीमतिसंघले गरेको काम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
विद्यालयकी प्रधानाध्यापिका सरिता खड्काले नेपाली सेनाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
सो कार्यक्रममा नेपाली सेनाका पूर्वि पृतनापति गौरव केसि, सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथि मनोज वैदवार, १८ नं वानि अड्डाका का वाहिनीपति बिमलकुमार बस्नेत तथा गाईघाटस्थित पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोजकुमार कार्कीलगायत नेपाली सेनाका सक्कल दर्जाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।