शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १५ गते । न्युजिल्यान्ड पठाउने भनी १६ लाख ३० हजार रुपियाँ ठगी गर्ने रिजेन सापकोटा पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्यान्ड पठाउने भनी लामो समय झुक्यानमा राखेका थिए ।
स्थायी घर ललितपुर गोदावरी नगरपालिका वडा नं. १९ का ३८ वर्षीया नगरकोटी ललितपुरको चापागाँउबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।